सन्दिपको उत्कृष्ट प्रदर्शन ,युएईद्वारा नेपाललाई २५५ रनको चुनौती

सन्दिपको उत्कृष्ट प्रदर्शन ,युएईद्वारा नेपाललाई २५५ रनको चुनौती

बिराटनगर भदौ १४ । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

यूएईका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, महोम्मद उस्मानले १३ र अदान मुफ्तीले इनिङको अन्त्यतिर आक्रामक ५७ रनको रनको पारी खेले ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्