विराटनगरको प्राइम सहकारीका प्रबन्धक सहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता

<span class='c1'>विराटनगरको प्राइम सहकारीका प्रबन्धक सहित</span> <span class='c2'>९ जनाविरुद्ध ठगी मुद्दा दर्ता</span>

विराटनगर भदौ १४ । विराटनगरमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

सर्वसाधारणले बचत गरेको करोडौं रुपैयाँ अपचलन गरेको भन्दै सहकारीका प्रमुख विराटनगरका ६८ वर्षका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षका विष्णुप्रसाद सुवेदीसहित ९ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।

प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ भने अन्य ६ जना फरार रहेका छन् । सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जनासहित अन्य ९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

सहकारीमा एक जना बचतकर्ताले २२ लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्