वर्षा पछी बिराटनगर आसपासका कारखानाहरुको उत्पादन प्रभावित , उद्योगमा पानी पस्यो

<span class='c1'>वर्षा पछी बिराटनगर आसपासका कारखानाहरुको उत्पादन</span> <span class='c2'>प्रभावित , उद्योगमा पानी पस्यो</span>

बिराटनगर भदौ १४ , गएरातिदेखि पूर्वक्षेत्रमा अविरल परेको पानीले जलमग्न भएका कारण उद्योग तथा कारखानाहरुको उत्पादन प्रभावित भएको छ ।
विराटनगरको उत्तरी सिमाना नजिकै रहेको मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्स लगायत आसपासको क्षेत्रमा रहेका उद्योगहरुको उत्पादन प्रभावित भएको छ । उद्योग वरिपरि तथा उद्योगको मिल मेशिनरी राखिएकै ठांउ जलमग्न भएपछि ती उद्योगहरुको उत्पादन प्रभावित भएको हो । उद्योग भित्रै पानी पसेपछि प्रोडक्सन रोकिएको आरती स्ट्रिप्सका कर्मचारी नागेन्द्र कुमारले जानकारी दिनुभयो ।
कर्मचारी आवासमा समेत पानी पसेपछि उद्योग परिसरमा रहेका कर्मचारीहरु आवासको माथिल्लो तल्लामा सरेका छन । गएको बर्ष आएको बाढीजस्तै अवस्था सृजना भएको सो उद्योगका कर्मचारीले बताएका छन । सो उद्योगले रंगीन तथा सादा कर्कटपाता उत्पादन गर्दै आएको छ । सो उद्योग छेउछाउका अन्य उद्योगमा समेत पानी पसेका कारण उत्पादन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्