बिमस्टेक सम्मेलन आज सकिंदै, यस्तो छ आजको कार्यतालिका

<span class='c1'>बिमस्टेक सम्मेलन आज सकिंदै,</span> <span class='c2'>यस्तो छ आजको कार्यतालिका</span>

काठमाडौं भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ ।

सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ ।

त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमै  ‘रिट्रिट’ दिनेछन् ।

रिट्रिट सकिएपछि बिमस्टेक घोषणा पत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनको दोस्रो सत्र विहान १०.३० बजे सुरु हुने छ ।

उर्जा आदान प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ ।

ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने र त्यसपछि काठमाडौं घोषणापत्र जारी हुने छ ।

घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राख्नु हुनेछ । समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन् ।

आज नै नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ ।

वार्तापछि रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ ।

मोदीले भारतीय सहयोगमा पशुपति मन्दिरम निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्