प्रेम देवान
विराटनगर १६ भदौ । विराटनगरमा एकपछि अर्को गर्दै मृत अवस्थाका शव भेटिन थलेपछि आम विराटनगवासी त्रासित बन्न थालेका छन् ।
[caption id="attachment_63276" align="alignnone" width="1280"] मतृक पासवानको शवालाई कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी ठेलामा राखेर लगिदै ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट[/caption]
विराटनगर ६ रामपुर नजिकै आज विहान पुन अर्को शव मृत अवस्थामा भेटिएको छ । विराटनगरका ६ का ४० बर्षिया रामचन्द्र पासवानको शव नालामा डुवेको अवस्थामा परिवारले फेला पारेका छन् । पासवान ३ दिन अगाडीदेखि घरबाट वेपत्ता भएका थिए । परिवारले उनको खोजी गर्दै जादाँ आज विहान ८ बजे फेला पारेको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी निसान थापाका अनुसार पासवान विगत ३ दिनदेखि वेपत्ता थिए । गत भदौ १४ गते बेलुकादेखि अत्याधीक मादकपदार्थ सेवन गरेर घरबाट निस्कीएका पासवान सोहीदिन देखि वेपत्ता थिए । पासवान ठेला चलाएर परिवार चलाउदै आएका थिए ।
लगातार ३ दिनदेखि उनको खोजी गर्ने क्रममा परिवारले आफै भेटेको हुन् । उनको शव नालामा डुवेको अवस्थामा भेटिएको थियो । उनको हातका छालाहरु कुहिएको अवस्थामा भेटिएको डिएसपी थापाले जानकारी दिनुभयो । शवको अहिले कोशी अञ्चल अस्पतालको शव गृहमा पोष्टमार्टमको लागी राखिएको छ । पासवानका श्रीमती दुई छोरा र दुई छोरी रहेका छन् । उनको मृत्यू अत्याधिक मादकपदार्थ सेवन गरेका कारण मृत्यू भएको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपी प्रहरीले अहिले यसै भन्न नसकिने र पोष्टमार्टमको रिर्पोट आएपछि मात्र पत्ता लाग्ने मोरङ प्रहरीले जनाएको छ । यस अघि विराटनगरमा एक महिनाको अवधीमा अपराधिक गतिविधीका ६ वटा घटना घटिसकेका छन् ।