छिमेकीकाे कुटपिटबाट जहदामा एकजनाकाे मृत्यु

<span class='c1'>छिमेकीकाे  कुटपिटबाट</span> <span class='c2'>जहदामा एकजनाकाे मृत्यु</span>

विराटनगर, १६ भदाै ।  मोरङ जिल्लाको जहदा गाउँपालिका-५ मा बुधबार छिमेकी विच कुटपिट हुँदा गम्भीर घाइते भएका १ जनाको उपचारको क्रममा अाज  मृत्यु भएको छ । मृत्यु हुनेमा  जहदा गाउँपालिका-५ बस्ने अन्दाजी वर्ष ५६ को चन्द्र प्रसाद मण्डल रहेका छन् । दुई छिमेकी ५४ बर्षिय सहदेव मण्डलसंग विवाद हुँदा चन्द्र प्रसाद गम्भीर घाइते भएका थिए ।  गम्भीर घाइते भएका चन्द्र प्रसादको उपचारका क्रममा शनिबार कोशी अंचल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  कुटपिटमा संलग्न सहदेवलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्