परिवर्तनका लागि हातेमालोद्धारा विराटनगरका बाढीपीडितलाई राहत

<span class='c1'>परिवर्तनका लागि हातेमालोद्धारा</span> <span class='c2'>विराटनगरका बाढीपीडितलाई राहत</span>

विराटनगर, १७ भदौ ।
विगत ३५ हप्तादेखि विराटनगरको सरसफाई अभियानमा जुटेकोे परिवर्तनका लागि हातेमालो नामक संस्थाले विराटनगरका बाढीपीडितलाई राहत वितरण गरेको छ । तिजका लागि दरखाने रकम संकलन गरेर संस्थाले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गरेको हो । विराटनगर– ८ मा सिंगिया खोलाको बाढीबाट विस्थापित परिवारलाई संस्थाले सुुकुुम्वासी वस्तीमा पुुगेर राहत वितरण गरेको हो ।
अपांगसहित पिडित परिवारलाई ६ बोरा चामल, पाँच कार्टुुन चाउचाउ दाल, विस्कुुट, नुुन तेललगायत खाद्य सामग्री वितरण गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष राम पोखरेलले बताए । तीन दिनअघि सिंगिया खोलामा आएको बाढीका कारण २० परिवारका एकसयभन्दा बढी विस्थापित भएका छन् । बाढीका कारण वस्ती डुुवानमा परेपछि संस्थाको सहयोगमा उनीहरुलाई पालको व्यवस्था गरेर सुुरक्षित स्थानमा सारिएको उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
विगत ३५ हप्तादेखि विराटनगरको सामाजिक तथा वातावरण तथा सरसफाईको काममा संस्थाले जनाएको छ । बाढीका कारण डुुवानमा पर्ने सिगिया खोलाको सुुकुम्वासी वस्तीलाई सुुरक्षित स्थानमा सार्ने अभियानमा संस्थाले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्