चिकित्सकको आन्दोलन :आज देशैभरीका अस्पतालका ओपिडी बन्द

<span class='c1'>चिकित्सकको आन्दोलन :आज देशैभरीका</span> <span class='c2'>अस्पतालका ओपिडी बन्द</span>

काठमाडौं भदौ १७ । नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ ।

संघले आइतबार (आज) १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आज १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बन्द गरेर काठमाडौं उपत्यकाको हकमा दिउसो १२ बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमा एप्रोनसहित विरोध गर्ने कार्यक्रम तय भएको महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ १९ गते मंगलबारदेख आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना कार्य नै बन्द गर्ने पनि आन्दोलनका कार्यक्रममा उल्लेख गरिएको छ । महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका माग सम्बोधन नभएसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्