बिराटनगर भदौ १७ , भोलि बिराटनगरमा निस्कने राधाकृष्ण रथयात्राको पूर्वतयारीका क्रममा विराटनगरका सडक,पेटीको अनुगमन बिराटनगरका मेयर भीम पराजुली गरेका छन् ।
अहिले सडकमा भएको खाल्डाखुल्डी पुर्ने र नालीमा स्ल्याप हाल्ने काम भइरहेको छ ।
पेगोडा शैलीमा रहेको रथको लम्बाई २२ फिट , चौडाई १४ फिट, र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाया पट्टि फैलिएका लठ्ठा डोरी राखिने भएको छ । यतिबेला रथलाई सफासुग्घर बनाएर रङ्गरोगनको लागी कामदारहरु खटिरहेका छन् ।
राधाकृष्ण मन्दिरबाट यही भदौ १८ गते निकालिने रथयात्राको अवलोकन गर्न भारत लगायत नेपालका विभिन्न भागवाट भक्तजनहरु आउने गर्दछन् ।