आज कृष्ण जन्माष्टमी:विराटनगरमा बनाईएका मनै लोभ्याउने मुर्ति यस्तो छ

<span class='c1'>आज कृष्ण जन्माष्टमी:विराटनगरमा बनाईएका मनै</span> <span class='c2'>लोभ्याउने मुर्ति यस्तो छ</span>

 

प्रेम देवान/ओबी
विराटनगर, १७ भदौ । साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मुर्ति बनाउन व्यास्त भएका कलाकारहरुलाई आजको दिन थप भ्याई नभ्याई छ । आज कुष्णजन्माअष्टमी भएका कारण आज राती १२ बजेसम्म कलाकारहरु कृष्ण भगवानको मुर्ति सिँगार्न ब्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दुधर्मालम्वीहरुको चाड पनि सुरु हुन्छ । चाड पर्व सुरुभएसँगै विराटनगरमा रहेका अधिकांश मुर्तिकारहरु व्यस्त छन् ।
विराटनगर १३ सैनिक टोलका ४१ बर्षिय विजय महतो विगत २६ वर्षदेखि माटोको मुर्ती बनाउने पेशामा संलग्न छन् । विजयलाई आज श्रीकृष्ण भगवनको मुर्ति सजाउन भ्याईनभ्याई छ । उनले काम गर्ने ६ जना मजदुर पनि राखेका छन् । दैनिकी ४ देखि ६ सयसम्म ज्यालादारी दिएर माटोको मुर्ति बनाउन राखेका छन् । महतो भन्छन् ‘साउनको महिना लाग्न साथ मुर्ति बनाउनको लागी धेरै नै अडर धरै आए, यसपालीको कृष्ण जन्माअष्टमीकोलागि ६५ वटा मुर्तिका अडर आएका छन् । आज बेलुकी सम्म सबै तयारी गरिसक्नुपर्छ ।’
उनले बनाएको मुर्ति एक हजारदेखि ११ हजार सम्मको रहेको छ । एक सिजनमा ४० देखि ५० हजार सम्म फाईदा हुने उनले बताए । त्यस्तै विराटनगर १३ कै प्रेम महतो पनि यस पटक ७३ वटा माटोको मुर्ति बनाएका छन् । उनले तयार पारेको मुर्तिहरु सबै तयार भईसकेका छन् । ५ हजारमा दुई ट्याक्टर माटो किनेर उनले यसपाली ७३ वटा कृष्ण भगवानको मुर्ति तयार पारेका छन् । उनको १ हजारदेखि ९ हजार सम्मको मुर्तिको अर्डर आएको सुनाए ।
मुर्ति बनाएउनको लागी भारतदेखि सामान लिएर आउने गरेकाछन् । यसपाली मुर्ति बनाउनको लागी श्रृङघारका सामानमा धेरै कर बढाएका आफूहरुलाई समस्यामा परेको बताए ।
विराटनगरको दक्षिणी क्षेत्र सैनिक टोल उत्तरी तीनपैनी, बरगाछी, हाटखोला क्षेत्रमा रहेका मुर्तिकारहरु यतिबेला मुर्ती बनाउन कलाकारहरु लागिपरेको छन् । कृष्ण जन्मअष्टमी, विश्वकर्मा पुजा, दुर्गा पुजा, आनन्द पुजा, छैठ तथा फागुनको अन्तमा सरस्वती माताको मुर्ती बनाउने काम कलाकाहरुले गर्दै आएका छन् । उनीहरुको बार्षिक कमाई २ लाखसम्म हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्