विराटनगर महानगरपालिकाको बम विस्फोटको योजना भारतको दरभंगामा (यस्ताे याेजना)

<span class='c1'>विराटनगर महानगरपालिकाको बम विस्फोटको योजना</span> <span class='c2'>भारतको दरभंगामा (यस्ताे याेजना)</span>

सुमन/प्रेम

विराटनगर, १७ भदौ ।
विराटनगर महानगरपालिाकमा गत साउन २७ गते भएको वम विस्फोटको योजना भारतको दरभंगामा भएको पाईएकोछ । प्रहरीले वम विस्फोटमा संलग्न ३ जनालाई पक्राउ गरी सार्बजनिक गरेपछि यो रहस्य बाहिर आएको हो । शुक्रवार र शनिवार पक्राउ परेका बम विस्फोटमा संलग्न ३ जनालाई पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने क्रममा प्रहरीले नेपालका महानगरपालिका तथा नगरपालिकाहरुमा बम विस्फोट गराउने योजना जेठ महिनामा नै भारतको दरभंगामा भएको पाईएको अनुसनधानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए ।
भारतको दरभंगामा बिक्की भन्ने बिरेन्द्रकुमार यादवको नेतृत्वमा रामरिझान यादव (गौतम) अभिमन्यु गिरी र मनोज सिंह सहितको योजना बनेको प्रहरीको भनाई छ । बिक्कीकै योजना अनुसार मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका मनोज कुमार सिंहले भारतको बथनाहाबाट विस्पोटक पद्धार्थ नेपाल भित्र्याएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल भित्र्याएको बिस्पोटक पद्धार्थ त्यो दिन मनोजले आफ्नै घरमा राखेको र त्यसको भोलीपल्ट सिरहाबाट आएका २ जनाले मनोज साग भएको बमको बारेमा जानकारी लिएको समेत प्रहरीको अनुसन्धानबाट देखिएको एसपी केसीले बताए ।
सिरहाबाट आएका लक्ष्मीपुर पतार गाउँपालिका ३ नयाँटोलका अभिमनु गिरी, सुखिपुर नगरपालिका ५ का रामरिझन यादव सहितले बम बिस्फोट गराए थिए । तर बाहिबाट सहयोग गर्ने राहुल यादवलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यस्तै अर्का योजनाकार बिक्की भन्ने बिरेन्द्रकुमार यादवको अबस्थाको बारेमा पनि प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन । पक्राउ परेका मोरङका मनोजकुमार सिंहलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो भने अरु २ जना रामरिझन यादव र अभिमन्नु गिरीलाई शनीवार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसरी प्रहरीले पक्राउ गर्न सफल
झण्डै २१ दिन पछि पक्राउ परेका बम काण्डमा संलग्न ३ जनालाई प्रहरीले कसरी पक्राउ गर्यो भन्ने बिषय अहिले सबैको चासोको बिषय बनेको छ। प्रहरीले बिराटनगर महनगरपालिका भित्र प्रयोग भएको सिसिटिभी फुटेज फेला पार्न सकेको छैन भने अझै त्यसको बारेमा प्रयास भईरहेको जनाएको छ । यसरी मेयर भिम पराजुलीको कार्यकक्ष अगाडी नै बम राख्ने कार्य चानचुने भने थिएन । प्रहरीको अनुसन्धानको क्रममा कसरी त्यो बिषय पत्ता लगाउने भनेर नजिकै रहेको सार्बजनिक स्थलको फुटेजमा प्रहरीको ध्यान गयो । त्यहाँ नजिकै रहेको बैंक तथा ब्यवसायिक प्रतिष्ठानका फुटेज पनि प्रहरीको अनुसन्धानमा हेरिएको एसपी केसीले बताए । तर सार्बजनिक स्थल सडकमा राखिएको सिसिक्यामेराको फुटजको आधारमा झोला लिएर भित्र पसेको ब्यक्ति बाहिर निस्कँदा खाली हात फोनमा कुरा गर्दै निस्किएको केही समय पछि बाहिरबाट रिमोटको मद्दतबाट बम विस्फोट भएको एसपी केसीले जानकारी दिए ।
यसरी महानगरपालिका भित्र आएको ब्यक्तिले कार्यालयमा प्रबेश गर्दाको सिसिटिभी फुटेजको फोटो र बाहिर निस्कँदाको सिसिटिभी फुटेजको फोटो पनि प्रहरीले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बम बिस्फोट गराउनको लागि दरभंगामा बनाईएको योजना अनुसार जनतान्त्रीक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकर्ता भनेर चिनिने बिक्की भन्ने ब्यक्तिले पैसाको लोभमा यी ब्यक्ति प्रयोग गरी बम बिस्फोट गराएको समेत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्