विराटनगर, १७ भदाै । विराटनगर महानगरपालिका-१६ र १७ बाट प्रहरीले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन बरामद गरेको छ । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले संचालन गरेको चेकिङका क्रममा विराटनगर-१६ र १७ नम्बर वडामा रहेका होटल, भट्टी पसलहरुमा अवैध रुपले घरेलु मदिरा उत्पादन, बिक्रि वितरण भईरहेको फेला परेकाे थियाे । उक्त स्थानबाट ३ सय लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग हुने १ सय ७२ थान भाँडावर्तन र ५ हजार ७ सय लिटर कच्चा पदार्थ (जाँड) बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।