विराटनगरबाट १ लाख ६२ हजार बराबरको अवैध सामान बरामद, ३ जना पक्राउ

<span class='c1'>विराटनगरबाट १ लाख ६२ हजार बराबरको</span> <span class='c2'>अवैध सामान बरामद, ३ जना पक्राउ</span>

विराटनगर, १७ भदाै ।  विराटनगर महानगरपलिका-१५ स्थित रानीबाट प्रहरीले आईतबार १ लाख ६२ हजार ४ सय ७० रुपैया बराबरको अवैध सामान तथा तस्करीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिई भन्सार बुझाएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय रानी, ईलाका प्रहरी कार्यालय बुधनगर, अस्थायी प्रहरी पोष्ट मटेरुवा र सिआरभि जतुवाबाट खटिएको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १५ र १८ बाट भन्सार छली गरी चोरी पैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेकाे हाे । यसरी पक्राउ गरिएकाे सामानमा लत्ताकपडा, खाद्यान्न तथा भारततर्फ चोरी निकासी हुँदै गरेको मरिचसहित भारत जिल्ला अररिया बैद्यनाथपुर वडा नम्बर १ बस्ने वर्ष १८ को राहुल साह, वर्ष ४५ को मनोज साह र वर्ष ५० को मोहित लाल साहलाई पक्राउ गरेको हो । बरामद सामान सहित तीनै जनालाई  आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्