मुलुकी ऐनको विरोधमा मोरङका चिकित्सक आन्दोलित, ओपिडी बन्द हुदा विरामीलाई सास्ती

<span class='c1'>मुलुकी ऐनको विरोधमा मोरङका चिकित्सक आन्दोलित,</span> <span class='c2'>ओपिडी बन्द हुदा विरामीलाई सास्ती</span>

विराटनगर, १७ भदौ ।
नयाँ मुलुकी ऐनका कारण काम गर्ने वातावरण नबनेको भन्दै त्यसको विरोधमा मोरङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आईतबारबाट आन्दोलित बनेका छन् । सरकारले ल्याएको मुलुकी ऐनको मुलुकी अपराधसंहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधी ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको हो ।
मोरङका साना, ठूला, सरकारी तथा निजी स्वास्थ्य संस्थामा आन्दोलनको प्रभाव परेको छ । विराटनगर स्थित कोसी अञ्चल अस्पताल तथा अन्य स्वास्थ्य संस्थाका चिकित्सक आन्दोलनमा होमिएपछि बरिरंग विभागमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि आउने बिरामी मार्कामा परेका छन् । विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बिरामीको अवस्था हेरेर उपचार गराईने बताए । स्वास्थ्य अवस्था जटिल रहेका बिरामीलाई आकस्मिक कक्षमा पनि राखेर उपचार गरिने उनको भनाइ छ । नेपाल चिकित्सक संघ, कोसी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले सरकारले ल्याएको नयाँ ऐनमा चिकित्सकमाथि अपराधि जस्तो शैलीमा व्यवहार गरिएका कारण आन्दोनल गर्नु परेको बताए ।
सिलवालले माग पूरा नभए र सरकारले माग सम्बोधनका लागि चासो नदिए आन्दोलन थप चर्काउने चेतावनी दिए । सिलवालले चिकित्सा क्षेत्रका सन्र्दभमा मुलुकी ऐनमा राखिएका केही विवादीत दफा, उपदफा संशोधन आफूहरुको मुख्य माग रहेको बताए । चिकित्सकहरुले भोलीदेखि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गराउने भएका छन् । त्यसैगरी, मंगलबार आकस्मिक बाहेकका अन्य विभागमा बिरामी भर्ना बन्द गर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका सबै शल्यक्रिया बन्द गर्ने, बिहीबारबाट आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी बन्द र शुक्रबारदेखि आकस्मिक सेवाबाहेकका बहिरंग लगायतका सबै स्वास्थ्य सेवा बन्द गरिने चिकित्सक संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्