जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

<span class='c1'>जिल्ला अस्पताल पाँचथरमा १२</span> <span class='c2'>वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया</span>

पाँचथर, १८ भदाै ।  जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । अस्पतालमा हिलिहाङ गाउँपालिका–५ कि ३० वर्षीय रेनुका खुदाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसको सफल शल्यक्रियासँगै अस्पतालले १२ वर्षपछि थप सफलता पाएको हो ।

यसअघि जिल्ला अस्पतालमा प्रसुतिसम्बन्धी रोगको मात्र शल्यक्रिया हुँदै आएको थियो । केही महिना अघिमात्र जिल्ला अस्पताल पाँचथरमा आउनुभएका डाक्टर बुद्धिबहादुर थापा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलिले सफल अप्रेसन गरेको हो । अस्पतालमा रहेको पुरानै स्रोत, साधनको प्रयोग गरी शल्यक्रिया गरिएको डाक्टर थापाले बताउनुभयो । आउने दिनहरुमा पनि यस्ता समस्याहरुलाई जिल्ला अस्पतालमै उपचारको प्रयास गर्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्