बिराटनगरमा आज बिशाल श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा निकालिदै छ । करिब ५ लाख मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस :
१) महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला ।
२) गोजीमा पर्स नबोक्नुहोला , धेरै पैसा , महँगो मोबाइल फोन नबोक्नु नै बुद्धिमानी हुनेछ आज ।
३) महिलाहरुलाई यौनजन्य हिंसा हुन सक्ने हुनाले धेरै भिड भएको ठाउमा नजानु नै उपयुक्त होला ।
४) साना बालबालिकालाई आफु संगै राख्नुहोला , सकेसम्म एक्लै नछोड्नुहोला ।
५) यात्राका क्रममा हल्लाको पछाडी लागेर नदौडीनुहोला , सकेसम्म सुरक्षित भएर रथको डोरी समाउनुहोला ।
६) रथयात्राका क्रममा कसैले चोरी, अपहरण , यौनजन्य हिंसा तथा अनावस्यक होहल्ला गर्न खोजेमा कृपया प्रहरीलाई सूचना दिनुहोला १
७) मेलामा पाल्नु हुने महिला दिदि, बहिनी, बालबालिका तथा बृद्ध बृद्धाहरूलाई सम्मान गरौं ।
८) अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु होला ।
९) मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी रथयात्रामा सहभागी नहोऔ ।
१०) रथयात्रा हुने मार्ग आसपासमा सवारी साधनहरू नचलाऔ ।
११) आफु सजग र सर्तक भई मेलामा सहभागी होऔ ।
१२) तपाई सपरिवार मेलामा आउदै हुनुहुन्छ होला । कतै तपाईले आफ्नो घरको झ्याल ढोका लगाउन बिर्सिनु भएको त छैन ?