यस्तो भए नेपाल एसिया कप क्रिकेटमा छनोट हुनेछ !

यस्तो भए नेपाल एसिया कप क्रिकेटमा छनोट हुनेछ !

काठमाडौं । २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा डिभिजन पाँच हुँदै एकदिवसीय मान्यतासम्म आइपुग्न नेपालले विभिन्न आरोह अवरोहको सामना गर्नुपर्यो । कहिले भाग्य अनि कहिले मेहनतमा भर परेको नेपाल अहिले एकदिवसीय मान्यतापछि चुनौतीको सामना गर्दै अवसरलाई पछ्याइरहेको छ ।

गत महिना नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय सिरिज डेब्यु गरेर बराबरी खेलेको नेपाली टोली अहिले मलेसियामा छ । विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग एसिया कप खेल्ने अवसरको खोजीमा छ नेपाल । सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको जितसँगै आशा कायम राखेको छ ।

नेपालले नयाँ यात्राका लागि मंगलबार हङकङविरुद्ध फराकिलो जित निकाल्नुपर्नेछ भने अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नुपर्नेछ । किनकी सबै टोलीको एक खेल बाँकी छ र ६ मध्ये ४ टोलीको फाइनल पुग्ने सम्भावना कायमै छ । ४ खेल सकिँदासम्म ओमान ७ अंकसहित शिर्षस्थानमा छ । यूएईको ६ अंक छ भने हङकङको पाँच र नेपालको चार अंक छ । नेपालको अघिल्लो यात्राका लागि यूएईले ओमानसँग हार ब्यहोर्नुपर्नेछ । त्यतिमात्र नभई नजिता नेट रनरेटले समेत तय गर्नेछ ।

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि छ । नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले नेपालको एसिया कपको यात्रा तय हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तान रहेको समूहबाट एसिया कपमा स्थान बनाउनेछ । प्रतियोगिता अन्तिम चरणमा आइपुग्दा रोमान्चक बनेको छ । नेपालको दोस्रो जित अनि शिर्ष स्थानमा रहेको ओमानले हङकङसँग अंक बाँडेसँगै प्रतियोगिता थप रोमान्चक बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्