साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्ने

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं भदौ १९ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल मंगलबार पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्दैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल आफनो पहिलो खेलमा पाकिस्तानको सामना गर्न लागेको हो ।
ढाकास्थित बंगबन्धु रंगशालामा खेल अपरान्न ४ बजे सुरु हुनेछ ।

अहिलेसम्म साफ च्याम्पियन बन्न नसकेको नेपाल फिफा बरियतामा आफुभन्दा पछि रहेको पाकिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ । एशियाडमा पाकिस्तानसँग पराजितपछि नेपाल मनोबैज्ञानिक रुपमा कमजोर रहेपनि जित निकाल्ने टोलीको बिश्वास छ ।

यसअघि सोमबार भएको प्रि–म्याच म्याच कन्फेर्ेन्समा कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टोली निरन्तर अभ्यासमा रहेकाले च्याम्पियन बन्ने दाबी गरेका छन् । पहिलो लक्ष्य समूह विजेता बन्ने त्यसपछि उपाधिका लागि भिड्ने प्रशिक्षक महर्जनको भनाई छ ।
यस्तै कप्तान बिराज महर्जनले खेलाडीमा रहेको उच्च मनोबलले राम्रो प्रदर्शनसहित नतिजा आफनो पक्षमा पार्ने दाबी गरेका छन् ।

हेड टु हेड

एकअर्कासँग चिरपरिचित नेपाल र पाकिस्तान अहिलेसम्म १५ पटक आमनेसामने भएका छन् । जसमा नतिजा बराबरी छ । ५ खेलमा नेपाल र ५ खेलमा पाकिस्तान विजयी भएको छ भने ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो समय नेपाल र पाकिस्तानबीच इन्डोनेशियामा भएको १८ औँ एशियाली खेलकुदमा भेट भएको थियो ।

जसमा पाकिस्तान २–१ ले विजयी भएको थियो । त्यसअघि नेपाली टोलीले सन् २०१३ काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछि परेको नेपालका लागि इन्जुरी समयमा बिमल घर्तिमगरले गोलगरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।

नेपाली टोली

गोलकिपरमाः किरण चेम्जोङ, बिकेश कुथु, एलन न्यौपाने।

डिफेन्डरमाः बिराज मर्हजन, रोहित चन्द, दिनेश राजबंशी, देबेन्द्र तामाङ, अन्नत तामाङ, आदित्य चौधरी, सुमन अर्याल ।

मिडफिल्डरमाः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।

फरर्वाडमाः भरत खवास, बिमल घर्तिमगर, नवयुग श्रेष्ठ, अन्जन बिष्ट छन् ।

१९ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालले पाकिस्तानपछि दोस्रो खेल भुटान र अन्तिम खेल आयोजक बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्