फेरी चलेन नेपालको ब्याटिङ , हङकङलाई ९६ रनको लक्ष्य

फेरी चलेन नेपालको ब्याटिङ , हङकङलाई ९६ रनको लक्ष्य

काठमाडौं भदौ १९ । एसीसी एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो ।
मलेसियाको यूकेएम ओभलमा भएको खेलमा हङकङका बलरसामु नेपाली ब्याट्सम्यान जम्न सकेनन् । हङकङसँगको प्रदर्शन नेपालको पछिल्लो समयको सबैभन्दा कमजोर प्रदर्शन हो ।

माथिल्लो क्रमका ब्याट्सम्यान लगालग पभेलियन फर्किएसँगै नेपालको ब्याटिङ कमजोर भएको थियो । यसअघिका खेलमा टप अर्डरका ब्याट्सम्यान आउट हँुदा मध्यम तथा तल्लो क्रमका ब्याट्सम्यानले ब्याटिङ धाने पनि हङकङसँगको खेलमा भने त्यो हुन सकेन ।
९५ रन बनाउने क्रममा नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन जोडे । वसन्त रेग्मी र अनिल कुमार शाहले १५—१५ रन बनाए । त्यस्तै कप्तान पारस खड्का १४ र उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपाललाई झिनो रनमा समेट्न हङकङका इशान खानले ४ विकेट लिँदा मोहम्मद अजिज खान र तानविर अफजलले २—२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्