बिराटनगर भदौ १९ , विगत लामो समयदेखि पर्यटन क्षेत्रमा रहेका विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ नेपाल सरकारबाट विभुषित भएका छन् । श्रेष्ठलाई प्रबल जनसेवा श्रीद्वारा विभुषित गरिएको हो ।
आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा विभूषण समितिका अध्यक्ष इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर रहेको उक्त पत्रसहितको सम्मान गरिएको थियो ।
व्यवसायी श्रेष्ठ विराटनगरमा रहेको होटल इश्टर्न स्टार साथै ट्राभल एजेन्सीका सञ्चालक हुन् ।