विराटनगरका सञ्चारकर्मीको आँखा छल्दै ‘प्रकाण्ड ’भोजपुर प्रस्थान

<span class='c1'>विराटनगरका सञ्चारकर्मीको आँखा छल्दै</span> <span class='c2'>‘प्रकाण्ड ’भोजपुर प्रस्थान</span>

विराटनगर १९ भदौ । काठमान्डौबाट श्री एयरलायन्सबाट विराटनगर ल्याइएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले भोजपुर लगेको छ ।
आज विहान साढे ११ बजे उनलाई विराटनगर ल्याइएको थियो । त्यसपछि सञ्चारकर्मीका आँखा छल्दै गाडीमा हालेर भोजपुर लगिएको छ ।
उनलाई ल्याउने जानकारी पाएपछि विमानस्थल पुगेका सञ्चारकर्मीलाई झुक्याउँदै नेपाल आयल निगमको गेटबाट गाडीमा हालेर उनलाई भोजपुर लगिएको हो ।
उनलाई हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रकाण्डलाई गत साउन २३ गते कार्यकर्तासँगै काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि ७ करोड बराबरको चन्दा असुल गरेको प्रहरीको आरोप छ । प्रहरी स्रोतले प्रकाण्डलाई भोजपुर लगिनुमा उनीमाथि लागेका ३ मुद्दा प्रमुख कारण रहेको बताएको छ । प्रहरीका अनुसार जिल्ला अदालतमा उपस्थित गराउन उनलाई भोजपुर लगिएको हो ।
तर सरकारले भने विप्लव नेतृत्वको पार्टीले सैन्य दस्ता तयार पार्न थालेको र त्यसका लागि आवश्यक रकमको जोहो गरेको भन्ने जानकारी पाएसँगै पार्टीका जिम्मेवार नेता कार्यकर्तालाई धमाधम पक्राउ गरी मुद्दा चलाइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्