संघीय लिम्बूवान राष्ट्रिय मञ्चद्धारा १ नम्बर प्रदेशसभा लक्षित धर्ना

<span class='c1'>संघीय लिम्बूवान राष्ट्रिय मञ्चद्धारा १</span> <span class='c2'>नम्बर प्रदेशसभा लक्षित धर्ना</span>

विराटनगर, २० भदौ ।
संघीय लिम्बूवान राष्ट्रिय मञ्चले आज १ नम्बर प्रदेशसभा लक्षित धर्ना गरेको छ । प्रदेशसभाको बैठक चलिरहँदा लिम्बूवानका कार्यकर्ताले नेपालमा ११ प्रदेश घोषणा गरिनुपर्ने, प्रदेशको नाम लिम्बूवान, खम्बुवान र किरात घोषणा गरिनुपर्ने लगायतका नाराबाजी गरेका थिए । प्रदेश संसद अगाडि धर्ना दिने यसअघिकै राष्ट्रिय कार्यक्रम अनुसार प्रदर्शन गरिएको आयोजकको भनाइ छ । लिम्बूवानले धर्ना दिने कार्यक्रम तय भएसँगै प्रदेशसभाको उत्तर पूर्वतर्फ देवकोटा चोक र दक्षिणतर्फको अस्पताल चौकसम्म आवात जावतमा बन्देज गरिएको थियो भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रदर्शनकारीले प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीले समेत नटेरेको भन्दै व्यंग्यात्मक नाराबाजीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्