प्रदेश नं १ – विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

प्रदेश नं १ – विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर, भदौ २०। प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल भारतकै बिरामीलाई सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पताललाई सत्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षअघि तत्कालीन आवश्यकतालाई हेरेर बनाइएको यो अस्पताल अहिले आवश्यकता पूरा गर्न नसक्ने भएकाले यसको सुधारको कुरा उठाउनुभएको हो ।

सोही अवसरमा प्रदेशसभाका अर्की सदस्य सुनिताकुमारी चौधरीले आदिवासीले मनाउने जितिया पर्वमा बिदा दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । विशेष समय लिएर नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश नं १ को नाम र स्थायी राजधानी घोषणा गर्न माग गर्नुभयो ।

प्रदेश सरकारले सङ्घीयताप्रति जनताको विश्वास गुम्न नदिन पनि उहाँले आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भदौ २१ गते दिउँसो १ बजे बस्नेछ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्