नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै

नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै

काठमाडौं भदौ २१  । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार (भोलि) स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको थियो । नेपालले छनोटमा ओमान, यूएई र हङकङसँग पराजित भएपछि मलेसिया र सिंगापुरलाई जिते पनि त्यो लिग चरण पूरा गर्न कठिन भएको थियो ।
एसिया कप खेल्ने दाबेदार टिमका रुपमा हेरिएको नेपालले मलेसियामा अनुमान गरे जस्तो प्रदर्शन गर्न नसकेपछि लिग चरणबाटै बाहिरिएको थियो । पहिलो र दोस्रो खेलमा ओमान र यूएईसँग लगातार हार व्यहोरेको नेपाली टोलीले तेस्रो र चौथो खेलमा मलेसिया र सिंगापुरमाथि जित निकालेको थियो । तर, लिग चरणको अन्तिम खेल हङकङसँग खेलेको नेपालका ब्याट्सम्यान चल्न नसकेपछि ३ विकेटले पराजित भएको थियो ।
राष्ट्रिय टोलीबाट एसिया कप छनोट खेल्न मलेसिया पुगेका सन्दीप लामिाछाने पनि टोलीसँगै शुक्रबार नेपाल फर्किने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्