विराटनगर, भदौ २१। विराटनगरको निहारिका कलेजले यस बर्ष तीनवटा नयाँ बिषय थप गरेको छ । नयाँ शैक्षिक सत्रका लागि त्रिभुवन विश्वविद्यालयबाट निहारिका कलेजले बीसीए, बीएचएम (होटेल म्यानेजमेन्ट) र बीआईएम कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।
कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो । उत्कृष्ठ नतिजा ल्याउँदै आएको कलेजले ब्याचलर अफ इन्फमेसन म्यानेजमेन्ट( बीआईएम), ब्याचलर अफ कम्युटर एप्लीकेशन (बीसीए) र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) थपिएको क्याम्पस प्रमुख अमित ढकालले जानकारी दिए ।
ढकालका अनुसार बीसीएमा ३५ र बीएचएम र बीआईएम कार्यक्रममा ४०–४० जना विद्यार्थी अध्यापन गराउने स्वीकृति पाएको हो ।