सौन्दर्यकर्मी महिलाको यस्तो तिज, एक नम्बर प्रदेशकी उप– सभामुख नै नाचिन्

सौन्दर्यकर्मी महिलाको यस्तो तिज, एक नम्बर प्रदेशकी उप– सभामुख नै नाचिन्

विराटनगर, २१ भदौ । विराटनगरमा अहिले तीजको कार्यक्रम एक पछि अर्को गर्दै दिनहुँ तिजका कार्यक्रमहरु भई नै रहेका छन् । विराटनगरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल जिल्ला कमिटि मोरङले विशेष तीज कार्यक्रम आयोजना गर्यो । विराटनगरको एसियाटिक होटलमा गरिएको तीज विशेष कार्यक्रममा एक नम्बर प्रदेशकी उप–सभामुख सरस्वती पोखरेललाई प्रमुख अतिथिको रुपमा निम्ता गरिएको थियो । उनले सबै नेपाली महिलाहरुलाई तीजको शुभकामना दिदै तीज पर्वलाई भव्य र सभ्य रुपमा मनाउन आग्रह गरिन् ।
उप–सभामुख पोखरेलले कला र संस्कृति अमुल्य सम्पति भएकाले यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्ने बताईन् । उनले तिजमा हुने धेरै खर्चलाई कटाएर सामाजिक क्षेत्रमा लगाउन सकिने बताउँदै नयाँ मुलुकी ऐनको विषयमा सबै सचेत हुनुपर्ने बताईन् । तिजलाई भड्किलो र खर्चिलोभन्दा पनि सामान्य तरिकाले मनाउनुपर्नेमा जोड दिईन् । सौन्दयैकमीै महिलाहरुको बाक्लो उपस्थितीमा तीजको गितमा उपसभामुख पोखरेलले छमछमी नाचेकी थिईन् । उनीसँै नाच्नको लागि उपस्थित अन्य महिलाहरु पनि कम्बर मर्काइ – मकाई नाचेर साथ दिएका थिए ।
तीज विशेष कार्यक्रममा नृत्य, म्यूजिकल चियर र सोह्र श्रृङगार प्रतियोगिता गराईएको राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी अध्यक्ष ललिता धिमालले जानकारी दिईन् ।
सोेह्र श्रृङ्गार प्रतियोगितामा नन्दिनी गुप्ता, कासिला साह, र दुर्गा भण्डारी विजेता भए भने नृत्य प्रतियोगितामा रोशनी भट्टराई, समुद्रा राय र कमला पौडेल विजेता भए । म्यूजिकल चियरमा रेनुका राई र सृजना सुब्बा विजेता भएको सचिव सुमी राईले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्