साईबर अपराध बारे विराटनगरमा प्रहरीको सचेतना कार्यक्रम

साईबर अपराध बारे  विराटनगरमा  प्रहरीको सचेतना कार्यक्रम

विराटनगर, २१ भदाै । विराटनगर महानगरपालिका-१४ स्थित भगवती मा.वि. मा प्रहरीले बिहिबार साईबर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकाे छ ।  ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त विद्यालयमा अध्यनरत एक सय जना विद्यार्थीहरुलाई साईबर अपराध बारे जानकारी गराएकाे हाे ।  कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रहरीले सामाजिक सञ्चालको व्यवस्थित प्रयोग कसरी गर्ने तथा साईबर अपराध कसूर अन्तरगत  सजायहरुका बारेमा जानकारी प्रदान गरेकाे ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्