‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ देखि हलमा

‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ देखि हलमा

प्रेम देवान ।
विराटनगर. २२ भदौ । डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डन’को टोली यतिबेला विराटनगरमा आईपुगेको छ । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेको फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
‘ईन्टु मिन्टु लण्डनमा' कलाकार सहितको टोलीले विराटनगरमा आएर पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलहरुमा प्रर्दशनमा आउने जनाएको हो । पछिल्लो समय निकै नै चर्चाको शिखरमा पुगेर युवा वर्गले अत्याधिक रुचाईएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको चलचित्रमा भुमिका रहेको छ ।
‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमा विशेष गरि माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्रकी निर्देशक रेनेशा सुनवारले जानकारी दिईन् । अन्य चलचित्रले फिल्मको लगानी बताउदै आएको भएपनि ‘ईन्टु मिन्टु लण्डनमा’ ले भने आफ्नो लगानी बताउन चाहेन । फिल्मको लगानी फिल्म रिलिज भएपछि मात्र जानकारी गराईने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई लण्डन र नेपालका मनोरम भागहरुमा छायांकन गरिनु चलचित्रको अर्को राम्रो पक्ष रहेको छ । फिल्ममा त्रिकोणत्मक भुमिकामा रहेको देख्न सकिन्छ, साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकारको पनि अभिनय गरेका छन् । दुई नायक र एक नायिकका विचको यो चलचित्रको वास्तविकता र मिठास भने आगामी असोज ५ गते नै हलहरुबाट लिन सकिने निर्माण पक्षको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्