शनिवारीय विशेष– विराटनगरमा पहिलो पटक आएका साम्राज्ञी र धिरजलाई घेर्न फ्यानको यस्तो भिड !

शनिवारीय विशेष– विराटनगरमा पहिलो पटक आएका साम्राज्ञी र धिरजलाई घेर्न फ्यानको यस्तो भिड !

प्रेम देवान
विराटनगर, २३ भदौ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगर शुक्रबार विराटनगर आए । उनीहरु विहान १०:३० बजे यति एयरलान्सबाट विराटनगर विमानस्थलमा और्लिएर सिधै विराटनगरको रोडशेषमा रहेको विग होटेलमा प्रवेश गरे । दुवै नायक नायिका विराटनगरमा पहिलो पटक आएका हुन ।
विराटनगर आउनुपर्ने उनीहरुको एउटै कारण थिया, दुई जनाले अभिनय गरेको ‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रको प्रचार गर्न । दुबै नायक नायिकासँगै ‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रकी निर्देशक रेनेशा सुनवार पनि आएकी थिईन् ।
डान्स कोरियोग्राफर रेनेशाले डेव्यू गरेको ‘ईन्टु मिन्टु लण्डनमा’ को आगामी असोज ५ गते प्रर्दशन हुन लागेकोले चलचित्रलाई प्रचार–प्रसारको लागि टोली बिराटनगर आईपुगेको हो ।
विराटनगरको विग होटलमा पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरलाई भेट्न फ्यानको बाक्लो उपस्थिती थियो । नायक नायिका आउनुभन्दा पहिला नै फ््यानहरु होटलमा प्रवेश गरिसकेका थिए । अधिकांश कलेजका विद्यार्थीहरु कलेज पोसाक मै पुगेका थिए । फिल्मको पर्दा र युट्युवमा देखेका आफ्ना डाईहर्ट फ्यानलाई प्रत्यक्षरुपमा देख्न पाउदा धेरै नै खुशी भएको विराटनगर ११ की अस्मिता तामाङले बताईन् ।
‘ईन्टु मिन्टु लण्डनमा’ का कलाकार सहितको टोलीले विराटनगरमा आएर पत्रकार सम्मेलन गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलहरुमा प्रर्दशनमा आउने जानकारी दियो । आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेका हुन् । ‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमा माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ की निर्देशक रेनेशा सुनवारले बताईन् ।
चलचित्रलाई लण्डन र नेपालका मनोरम क्षेत्रहरुमा छायाङ्कन गरिएको कारण चलचित्र राम्रो भएको निर्माण पक्षको भनाई छ । चलचित्रमा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकारको पनि अभिनय रहेको छ। साम्राज्ञी र धिराजको माया– प्रेममा अर्का पात्र किन देखा पर्छन त.. ? आखिर साम्राज्ञीको माया दुई नायक विच कता तिर बस्छ त ? चलचित्रको वास्तविकता मिठास भने आगामी असोज ५ गतेलाई नै पर्खनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्