बिराटनगर लगायत मोरङ जिल्लामा विद्युत चोरीमा संलग्न १३ जना पक्राउ परे

<span class='c1'>बिराटनगर लगायत मोरङ जिल्लामा विद्युत चोरीमा</span> <span class='c2'>संलग्न १३ जना पक्राउ परे</span>

मोरङ, भाद्र २३ ।

मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले बिहीबार राती विद्युत चोरीमा संलग्न १३ जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएको व्यक्तिहरुमा बिराटनगर महा-नगरपालिका १८ का बर्ष १८ को अबिनाश यादब, बर्ष ५० को अबकेशर ऋषीदेब, बर्ष १६ को पल्टुदास तत्मा, बर्ष १६ को बिजेन कुमार ऋषिदेब, बर्ष १६ को पारस कुमार ऋषिदेब, बर्ष १८ को बैकु यादब, जहदा गाउँपालिका-१ बस्ने बर्ष ५१ को जगदिश सरबरिया, बर्ष २७ को रघुनन्द शाह, बर्ष ६० को लक्ष्मण शाह, बर्ष २४ को प्रकाश मलाहा, बर्ष ४० को शम्भु केसरी, बर्ष ४० को लालकिशोर शाह र बर्ष ६५ को श्रीप्रसाद शाह रहेका छन् ।

नेपाल विद्युत प्राधिकरण बिराटनगर, वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको विद्युत चुहावट अनुगमन टोलीले बिहीबार राती ८ देखि १२ बजेसम्म गरेको चेकजाँचका क्रममा विजुलीको पोलबाट विद्युत चोरी गरेको फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्