खिलेश्वरी पत्रकारिता पुरस्कारबाट पत्रकार महासघ मोरङ अध्यक्ष बन्धु पोखरेल सम्मानित

खिलेश्वरी पत्रकारिता पुरस्कारबाट पत्रकार महासघ मोरङ अध्यक्ष बन्धु पोखरेल सम्मानित

विराटनगर, २४ भदौ । पिताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले यस वर्षको खिलेश्वरी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई प्रदान गरेको छ।

प्रतिष्ठानले विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गरी पत्रकार पोखरेललाई सो पुरस्कारबाट पुरस्कृत गरेको हो। अध्यक्ष पोखरेललाई ११ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । स्थानीय उद्घोष दैनिकका प्रवन्ध निर्देशक समेत रहेका पोखरेलले डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन्। एक नम्वर प्रदेश सभाका ज्येष्ठ सांसद ओमप्रकाश सरावगीले पत्रकार पोखरेललाई सम्मान गरेका थिए।
मोतीराम जयन्तीको अवसर पारेर प्रत्येक वर्ष प्रतिष्ठानले पूर्वका पत्रकारहरुलाई सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष चुडामणी रेग्मीले वताए। प्रतिष्ठानले अहिलेसम्म २२ जनालाई सम्मान गरिसकेको छ।

प्रतिष्ठानका सदस्य मोहन भण्डारीले अनुसार स्वर्गीय पत्रकार कोषराज रेग्मीले आफ्नो आमावुवाको नाममा अक्षय कोष स्थापना गरेर प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्न थालेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्