डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा विर्तामोड अन्तिम चारमा

<span class='c1'>डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा</span> <span class='c2'>विर्तामोड अन्तिम चारमा</span>

विराटनगर, २५ भदौ ।
झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ ।
आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्तामोडले सेमिफाइन यात्रा तय गरेको हो । रोमाञ्चक प्रतियोगिताको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो गर्नु परेको थियो । टाईब्रेकरमा घरेलु मैदानमा आयोजकलाई स्तब्ध बनाउँदै पहुना टोली विर्तामोड विजयी बन्यो ।
पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, संजय धिमाल र दिलेन लोक्तामले गोल गर्दा विर्तामोडको जित पक्का भयो । आयोजकका तर्फबाट अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बूको प्रहार गोलमा परिणत भयो । सुरेन्द्र खवासको प्रहारलाई विर्तामोडका गोलरक्षकले विफल पारिदिए ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विपक्षीलाई नतिजा सुम्पिएको आयोजकले पहिलो डाँगीहाट गोल्डकपमा विर्तामोडसंगै सेमिफाइनलमा भोगेको पराजयको बद्ला समेत लिन पाएन । विर्तामोडले पनि खेल अवधिमा गोल गर्नका लागि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाईब्रेकर सम्म पर्खनु प¥यो ।
१४ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार दायाँ बार हुँदै बाहिरिंदा आयोजकले अग्रता लिने अवसर गुमायो । ५४ औं मिनेटमा आयोजकका विक्रम लिम्बूको फ्रिकिक प्रहारले विपक्षी बार भत्काउन सकेन । ६५ औं मिनेटमा तीर्थकै दोस्रो प्रयासमा पनि विर्तामोडका गोलरक्षक बाधक बने । ७३ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि आयोजकले कुनै मौका पाएन । त्यसपछि खेल टाईब्रेकरमा धकेलियो ।
४० औं मिनेटमा विर्तामोडका रोजिन माझीको कर्नर पासमा रोशन थाम्स्वाङको हेड प्रहार पोष्टमाथिबाट बाहिरियो । ६० औं मिनेटमा विर्तामोडका विशाल दर्जीले गरेको हेड प्रहारमा आयोजकका गोलरक्षक बाधक बने । ७२ औं मिनेटमा नानी लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिंदा विर्तामोडले निर्धारित समयमा नतिजा निकाल्न सकेन ।
आइतबारको खेलको म्यान अफ दी म्याच विर्तामोडका आशिष चापागाई घोषित भए । सोमबारको खेलमा भारतको खर्साङ युनाइटेड क्लब र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच प्रतिष्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्