बिराटनगर लिटल आईकन २०१८ को  ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर लिटल आईकन २०१८ को  ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर भदौ २५ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को तालिम सुरु भएको छ । तालिम संगै प्रतियोगिताको ट्यालेन्ट राउण्ड पनि सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डको निर्णायकमा स्मृति दिपेन थापा , सागर साह तथा कोशी एफएमका रक्षा निरौला रहेका थिए ।

भाईरल डान्स स्टुडियोको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल राण्डमा उतारिने आयोजकले जनाएको छ ।

विभिन्न स्कुलबाट छानिएका २० जना छात्र २० जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्