चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक (यस्तो छ भिडियो)

चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक (यस्तो छ भिडियो)

चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’गीत निर्माण टिमले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द रहेको छ ।

‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा निशान भट्टराई र अन्जिला रेग्मीको स्वर रहेको छ  । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाईको अभिनय रहेको छ ।

फरक तरिकाको प्रस्तुति रहेको भिडियोमा रिसाइरहेकी दीपिकालाई फकाउन दीपक, केदार, जितु र बुद्धि लागिपरेको देखाइएको छ । चलचित्र यही आउँदो दसैँमा रिलिज हुदैँछ ।

 

https://www.youtube.com/watch?v=Ipp_vNfDbnU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्