विराटनगरका ६५ जना ट्याक्टर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

विराटनगरका ६५ जना ट्याक्टर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

विराटनगर २५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले ट्याक्टर चालकलाई एक दिने ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ ।
बिराटनगर ४ मा रहेको महिन्द्रा एण्ड महिन्द्रा ट्याक्टर कम्पनिले आयोजना गरेको कार्यक्रममा ट्याक्टर चालकहरुलाई प्रशिक्षण दिएको ।
करिब ६५ जना ट्याक्टर चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख शिव पोखरेल सहितको टोलि प्रशिक्षण दिएको हो । ट्याक्टर चालकलाई ट्राफिक नियम, चिन्ह्र तथा सवारी चलाउदा ध्यान दिनुपर्ने कुराहरु र सडकको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना मुलक प्रशिक्षण दिएको ट्राफिक प्रशिक्षक तुलामणी आचर्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्