विराटनगरमा हुन लागेको ‘एक्सपर्ट दोस्रो विराटनगर बास्केटबल कप ’ को टाईसिट सार्वजनिक

विराटनगरमा हुन लागेको ‘एक्सपर्ट दोस्रो विराटनगर बास्केटबल कप ’ को टाईसिट सार्वजनिक

बिराटनगर २५ भदौ । आगामी भदौ २७ गते बिराटनगरमा हुन लागेको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ । विराटनगरमा हुन लागेको दोस्रो संस्कारणको बिराटनगर बास्केटबल प्रतियोगीतामा ईटहरी, विराटचोक र विराटनगरका गरी ८ वटा टिम सहभागी हुने भएको छ ।

पहिलो खेल अन्र्तगत डिएभी स्कुल र अरनिको विच खेल हुने छ । त्यसैगरी सोही दिन विकेभिएम स्कुल र ब्राईट फिउचर, सरगरमाथा र विश्व आर्दश , मेरील्याण्ड र भानु कलेज विच हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगितमा लिग कम नकआउट आधारमा खेलाईने खेल संयोजक दिपेश कटुवालले जानकारी दिए । ५ दिन सम्म हुन लागेको प्रतियोगिता बिराटनगर भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा हुनेछ । पहिलो संस्कारणको विजेता सगरमाथा स्कुल भएको थियो भने विकेभिएम उपविजेता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्