सन्दीप लामिछाने अफगानस्तान प्रिमियर लिगमा छनोट

सन्दीप लामिछाने अफगानस्तान प्रिमियर लिगमा छनोट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी सन्दीप लामिछाने पहिलो संस्करणको अफगानस्तान प्रिमियर लिगमा छनोट भएका छन् । दुवईमा सोमबार भएको अक्सनबाट सन्दीप नान्घरहर क्रिकेट टिममा आवद्ध भएका हुन् ।

पहिलो संस्करणको अफगानस्तानको लिगमा पनि सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेट यात्राले निरन्तरता पाएको छ । सन्दीप आइसीसी एशोसिएट राष्ट्रका खेलाडीमध्येबाट छनोट भएका हुन् ।

नेपालबाट सन्दीपसँगै कप्तान पारस खड्का र सोमपाल कामीको नाम ड्राफ्टमा परेपनि सोमबारको बोलबोलाइमा सन्दीप मात्रै अनुबन्ध भएका हुन् ।

सन्दीप लामिछानेले यसअघि इन्डियन प्रिमियर लिग (आइपीएल), ग्लोबल टि—ट्वान्टी क्यानडा र क्यारेबियन लिग (सीपीएल) खेली सकेका छन् । यसअघिका अन्तर्राष्ट्रिय टि—ट्वान्टी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सन्दीपको टिममा वेष्ट इन्डिजका आन्द«े रसेल आइकन खेलाडी छन् । भने सीपीएलका टिममेट बेन कटिङसहित मुस्ताफिजुर रहेमान, तमिम इकवाल, मोहमद हाफीज, मिचेल म्याकलेनघान लगायतका विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै अफगानस्तानका मुजिव रहेमान, शफिकुल्लाह सफक,नजिव तरकाई, रहेमत शाह, जाहिर खान र नभिन उल हक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्