विराटनगर २६ भदौ । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-१ मा सोमवार बेलुका मेशिनले हातको औँला काटेर १ युवती घाईते भएकी छन् ।
सोमवार साँझ ७ बजेको समयमा मोरङ बुढीगंगा गाउँपालिका-१ मा महालक्ष्मी ग्याँस रेगुलेटर उद्योगमा मजदुरी गर्दै आईरहेकी १९ बर्षीया सुस्मिता ऋषिदेवको वाँया हातको कान्छी औला काटिएको र माझी औलोमा चोट लागेको छ । उनलाई उपचारको लागि झापा स्थित बि. एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।