विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्यो

विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक  किच्यो

 

विराटनगर, २७ भदौ ।
विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्योक्षेत्रीय कार्यालय बिराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ । बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । बाहिरबाट ल्याइएको खाद्यान्न गोदाममा उनलोड गर्न भन्दा पहिला गाडीलाई मिलाउने क्रममा नाम थर तथा वतन खुल्न नसकेका करिब २२ बर्षिय ति युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कृषि सामाग्री संस्थानको खाद्य गोदाममा भएको घटनाको समयमा कार्यालय प्रमुख समेत कार्यालयमा नभएको पाईएको छ । प्रहरीले ट्रकका चालक काभ्रेको ज्याम्दी गाउँपालिका ३६ बर्षिय बिनोद साहीलाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्