घाँस काट्न गएका बृद्ध लडेर घाईते

घाँस काट्न गएका बृद्ध लडेर घाईते

विराटनगर, २७ भदौ । मोरङ जिल्लाको लेटाङ नगरपालिका–१ को मुर्चुङ्गीमा घाँस काट्ने क्रममा लडेर १ बृद्ध घाईते भएका छन् । घर नजिकै रहेको बारीमा घाँस काट्न गएका ६० बर्षिय केबलमान लिम्बु बारीको कान्ला लडेर घाईते भएका हुन् । घाँस काट्न गएका लिम्बु साँझ सम्म पनि घर फर्केर नआए पश्चात खोजी गर्ने क्रममा बारीको कान्ला देखी १५ फिट तल अचेत अवस्थामा फेला परेका थिए । लडेर घाईते भएका लिम्बुलाई उपचारकोलागि विराटनगरको विराट नर्सिङहोममा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्