बिराटनगर बास्केटबल कपको पहिलो दिनको खेल सम्पन्न

बिराटनगर बास्केटबल कपको पहिलो दिनको खेल सम्पन्न

बिराटनगर २८ भदौ । बिराटनगरमा जारी बिराटनगर  बास्केटबल कपको पहिलो दिनको खेलमा ४ स्कुल बिजयी भएका छन्  ।

पहिलो खेल  डिएभी स्कुल र अरनिको विच खेलमा डिएभी स्कुल २४ -२१ स्कोरले बिजयी भयो भने बिकेभिएम स्कुल र ब्राईट फिउचरमा बिकेभिएम ४०-३२ ले बिजयी भयो , त्यसैगरी इटहरीको बिश्व आर्दश र सगरमाथामा ३९ -६० ले बिश्व आर्दश बिजयी भएको थियो। पहिलो दिनको अन्तिम खेलमा मेरील्याण्ड र भानु कलेजमा मेरील्याण्ड कलेज ५३-२२ बास्केटले बिजयी भएको थियो  ।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितमा लिग कम नकआउट आधारमा खेलाईएको खेल संयोजक दिपेश कटुवालले जानकारी दिए । ५ दिन सम्म हुन लागेको प्रतियोगिता बिराटनगर भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्