सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गरिने

<span class='c1'>सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा</span> <span class='c2'>थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गरिने</span>

बिराटनगर भदौ २८ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गर्ने मोरङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ ।

बुधवार भएको बहस पछि उच्च अदालत विराटनगरको पाँच नम्बर इजलासले लाक्पा शेर्पालाई पुर्पक्षका लागि जिल्ला अदालत मोरङको ०७५ जेठ ८ गते गरेको आदेश बेरितको नदेखिएकोले परिवर्तन गर्नु नपर्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मंगलबार पनि दुई नम्बर इजलाशले तुलाराम थारुलाई सोही प्रकृतिको आदेश भएको थियो । बुधवार २६ जनाको पेशी राखिएकोमा २४ जनाका सम्बन्धित पक्षका वकिलहरुले पेशी स्थगित गराएका थिए ।

कानुनी प्रावधान अनुसार एउटा पक्षले दुई पटक सम्म पेशी स्थगित गराउन पाउने नियम भएपनि सुन तस्करी प्रकरणमा दर्जनौ पटक पेशी स्थगित हुने गरेको छ । पटक पटक पेशी स्थगित हुने गरेकाले उच्च अदालत विराटनगरले यस साताका लागि आइतवार देखि शुक्रवार सम्म दैनिक पेशी राख्ने गरेको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्