अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कपको समुह चरणबाटै बाहिरियो

अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कपको समुह चरणबाटै बाहिरियो

अफ्गानिस्तानसँग पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हिजो भएको खेलमा अफ्गानिस्तानले श्रीलंकालाई ९१ रनले हराएको हो ।अबुधाबीको स्लो पिचमा पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ४९ रन बनायो ।

अफ्गानिस्तानका लागि रहमत शाहले ७२ रन बनाउँदा ईन्सानुल्लाह जनतले ४५ रनको योगदान दिए ।जवाफमा २ सय ५० रनको मध्यम चुनौती पछ्याएको श्रीलंकाले ४१ ओभर २ बलमा अलआउट हुनुपूर्व १ सय ५८ रन मात्रै जोड्न सक्यो ।श्रीलंकाको लागि उपुल थरंगाले ३६ रन तथा थिसारा परेराले २८ रन जोडे ।

श्रीलंकाली टोलीलाई सस्तैमा समेट्न अफ्गानिस्तानका नाबीर रसिद, गुल्बदीन र मजिबले २–२ विकेट लिए ।

लगातार दोस्रो हारसँगै उपाधि दावेदार मानिएको श्रीलंका एसिया कपको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । श्रीलंकाको समुहबाट बंगलादेश र अफ्गानिस्तान सुपर फोरमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्