एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

एजेन्सी । एशिया कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदैछ । समूहको एक –एक खेलमा विजयी भारत र पाकिस्तानबीचको खेल बेलुका सवा ५ बजे हुनेछ । यूएईस्थित अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । सीमा विवादका कारण सधैं एक अर्काविरुद्ध खनिने भारत र पाकिस्तानबीचको खेलमा एकले अर्कोसँग बदाल लिने प्रयास गर्नेछन् ।

त्यसैले पनि यी दुई राष्ट्रबीचको खेल चासोका साथ हेरिएको छ । खेल हेर्न पाकिस्तानका प्रधानमन्त्री र पूर्वक्रिकेटर इमरान खान पनि यूएई पुग्दैछन् ।  आफू निर्वाचित भएपछि पहिलोपटक भ्रमणमा निस्कन लागेका खानले खेल नै रोजेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

भारतले मंगलबार समुहको आफनो पहिलो खेलमा हङकङलाई २६ रनले पराजित गरेको थियो । जित नजिक पुगेको हङकङ अन्तिममा सम्हालिन नसक्दा पराजित भयो । भारतले दिएको २ सय ८६ रन लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रनमा अलआउट भयो । हङकङलाई पराजित गर्न भारतका खलील अहमद तथा युजबेन्द्र चहलले ३ –३ विकेट लिएका थिए । शानदार सुरुवात गरेको हङकङका लागि कप्तान अंशुमान रथ र निजाकत खानले पहिलो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरेका थिए ।

कप्तान अंशुमान ७३ रनमा आउट हुँदा निजाकत खानले ९२ रनको पारी खेलेका थिए । यस्तै यसअघि पाकिस्तानले हककङलाई ८ विकेटले पराजित गरेको थियो । एशिया कप छनोटमा विजेता भइ हङकङले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको हो । दुई खेलमा पराजित भएसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्