चलचित्र ‘छक्कापञ्जा–३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने

चलचित्र ‘छक्कापञ्जा–३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । शनिबार प्रदर्शन मिति तय गर्दै ट्रेलर पनि सार्वजनिक गरिएको हो ।

असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा–३’ आउने भएपछि  असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन हुने भएको छ । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनमा आउने बताइएको थियो । 

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय छ । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको संवाद छ । अर्जुन पोखरेल र दीपक शर्माले सङ्गीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्