यु-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

यु-१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं असोज १० । एसीसी यु—१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार खेलाडी छनोट समितिले मोहमद आसिफ शेखको कप्तानीमा टोलीको घोषणा गरेको हो । सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसिया कप सहभागि हुन नेपाली टोली सेप्टेम्बर २७ मा बंगलादेश प्रस्थान हुनेछ ।

यु—१९ टोलीमा सिनीयर राष्ट्रिय क्रिकेट टोलीका सदस्य रोहित कुमार पौडेल परेका छन् । त्यस्तै, सिनियर टोलीका सन्दीप लामिछाने भने टि—ट्वान्टी विश्व कपको एसिया छनोट खेल्ने भएपछि  यु—१९ टोलीमा परेनन् । छनोट खेलाडीमा मोहमद आसिफ शेख (कप्तान), कमल सिंह ऐरी (उपकप्तान) रोहित कुमार पौडेल, रभी शाह, नन्दन यादव, रित गौतम, पवन सराफ, रविन्द्रजंग शाही, रसिद खान टोलीमा रहेका छन् ।

त्यस्तै, भिम सार्की, तृतराज दास, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ छन् । खेलाडी छनोट समितीमा यु—१९ राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक विनोद कुमार दास, सुनोज भट्राई तथा राजु खड्काले गरेका हुन् । यु—१९ टोलीको व्यवस्थापकमा पूर्व राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शक्तिप्रशाद गौचन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्