दि भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी

दि भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा ४८ प्रतिस्पर्धी

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्लाइण्ड अडिसन राउण्ड समाप्त भएको छ । ब्लाइण्ड अडिसन राउण्डमा नेपालभरका विभिन्न स्थानबाट आएका प्रतियोगीहरुले आफ्नो प्रस्तुतीका मार्फत निर्णायकहरुको मन जित्ने प्रयास गरेका थिए । उक्त शो को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल रहेका छन् ।

चार निर्णायकहरुले आफ्नो टिममा भित्र्याउन प्रतियोगीहरुलाई निकै प्रयास गरेका थिए तर त्यसमा मुख्य आधार भने उनीहरुको गायन कला र प्रतिभा नै थियो । चारै निर्णायकहरुले आफ्नो टिममा १२ जना प्रतियोगी छनौट गर्न सफल भएका छन् ।

पहिलो चरणको ब्लाइण्ड अडिसन राउण्डको समाप्तिसँगै अब ‘ब्लाटल राउण्ड’ शुरु हुनेछ । सो ब्याटल राउण्डमा प्रतियोगीहरुले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै  निर्णायक तथा कोचहरुले प्रतिस्पर्धीलाई तयार पार्नेछन् ।

चार निर्णायक तथा कोचहरुले ब्याटल राउण्ड निकै कठिन हुने बताएका छन् । उनीहरु सकेसम्म आफ्नो टीमका प्रतियोगीलाई उत्कृष्ठ बनाउन लागि परेका छन् । नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ले नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको हो । (कान्तिपुर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्