काठमाडाैं असोज १२ । बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा अाधारित चलचित्र ‘नालापानी’ काे टिजर सार्वजनिक भएकाे छ ।
सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई यस फिल्मकाे मुख्य बिषयबस्तु बनाइएको हाे ।
रिमेश अधिकारीले निर्देशन गरेकाे चलचित्रलार्इ मनोज शाक्यले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेकाे छ ।
चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेकाे छ भने रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् ।
टिजर हेर्दा चलचित्रको मेकिङ निकै नै लोभलाग्दो देखिएकाे छ ।
https://www.youtube.com/watch?v=kNssnlTkXyo