चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

<span class='c1'>चार वर्षपछि हुन लागेको शहीद स्मारक</span> <span class='c2'>ए डिभिजन लिग आजदेखि शुरु</span>

काठमाडौं असोज १३ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो ।

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्