एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिरमा हुने

एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिरमा हुने

काठमाडौं असोज १८ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण मंसिर २२ देखि हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ । विगतका संस्करणमा पाएको सफलताले आफूलाई उत्साहित बनाएको भन्दै इपिएलका संस्थापक आमिर अख्तरले तेस्रो संकरण अझ भव्य बनाउने बताए ।
प्रतियोगितामा सहभागी ६ फ्रेन्चाइज क्लबलाई राउन्ड रोविन लिग गराएर शीर्ष चार टोलीबीच प्ले अफ खेलाइनेछ । इपिएलका प्रबन्ध निर्देशक अख्तरले यसअघिकै मिति तय गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई स्विकृतीका लागि पत्र पठाइसकेको बताए ।
“हामीले यो मितिमा प्रतियोगिता आयोजना गर्ने भनेर स्वीकृतिका लागि आवश्यक कागजात आइसिसीलाई पठाइसकेका छौं,” अख्तरले थपे, “आशा छ आइसिसीबाट सकारात्मक जवाफ आउनेछ ।” गत संस्करणमा ६० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष खेल हेरेको आयोजकले दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्